ताजा अपडेट »

बुटवलमा कांग्रेसका पाण्डेको निरन्तर अग्रता, मतान्तर बढ्दै

शनिबार, ३१ बैशाख २०७९

बुटवल । स्थानीय निर्वाचन–२०७९ अन्तर्गत बुटवल उपमहानगरको आगामी नेतृत्वको प्रतिष्पर्धामा कांग्रेस निरन्तर अगाडि रहँदै आएको छ ।
बुटवलका वार्ड नं.१ र १७ को ३ हजार ७५ मत गणना हुँदा कांग्रेसका उम्मेद्वार खेलराज पाण्डेले १३ सय ५५ मत प्राप्त गरेका छन् ।

बलियो दावेदार मानिने नेकपा एमालेलाई उनले फराकिलो मतले पछि पारेका छन् । एमालेका तर्फबाट उपमहानगर प्रमुख उम्मेद्वार बाबुराम भट्टराईले ७ सय ४ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रमुखका अर्का उम्मेद्वार मिगेन्द्र शेरचनले ५ सय ९ मत प्राप्त गरेका छन् ।