ताजा अपडेट »

८५ मतदान केन्द्रमा मतदान सम्पन्न भएन

शनिबार, ३१ बैशाख २०७९

काठमाडौं ।  देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । 

निर्वाचन आयोका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । 

धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।