बुवल । पाल्पाको तिनाउ गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदमा एमालेका भुवन सिं चिदी ११४१ मत लिएर विजयी भएका छन् ।
उनका प्रतिद्वन्दी गठबन्धन दलका उम्मेद्वार हस्त बहादुर रास्कोटीले ९७९ मत प्राप्त गरे । चिदीले लम्तरीलाई १६२ मतान्तरले जित दर्ता गरेका हुन् ।
यसैगरी वडा सदस्यमा खुला तर्फ देउबहादुर पुनले ११२१, यम बहादर गाहाले ११२७, महिला खुल्ला सदस्यमा धनकुमारी बगाले ११३० र दलित महिला सदस्य रुप कुमारी कामीले ११३८ मत प्राप्त गर्दै विजयी भएका छन् । तिनाउ १ मा कूूल २१५० मत खसेको थियो ।
प्रतिक्रिया