ताजा अपडेट »

तिनाउ गाउँपालिकामा च्याउ खेति तालिम

विहीबार, ०५ मंसिर २०७६

मंसिर ५,
ग्लोबल आवाज

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नं.३ अर्घाछापमा च्याउखेती सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले जनताको जीवन स्तर उकास्न सुरु गरिएकोे च्याउ खेतिले तिनाउ गाउँपालिकालाई मात्रै नभई सम्रग पाल्पाकै नमुना बन्न सक्ने बताए ।

अध्यक्ष घर्तिले स्थानीय तहमा जनप्रतिनिधि भए पछि ४ लाख अनुदान दिएको बताउँदै आगामि वर्षमा अनुदान वृद्धि गरिने बताए । कार्यक्रममा च्याउखेति समुहकी अगुवा कृषक जानुका घर्ति मगरले आफुले च्याउ खेतिमै लागेर मनग्य आम्दानी कमाउन सफल भएको भन्दै च्याउ खेतिमा लाग्न सबैलाई सुझाव समेत दिइन् । कार्यक्रममा कृषि शाखाका हेमन्त शर्मा, कल्पना पोख्ररेल, किशेर रावलले सहजीकरण गरेका थिए ।

अभिमुखिकरण कार्यक्रम अर्घाछाप च्याउ खेति समितिकी अध्यक्ष नैना थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।