ताजा अपडेट »

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

शनिबार, ३१ बैशाख २०७९

बुटवल । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै ।