ताजा अपडेट »

तिलोत्तमामा एमाले पुनः अगाडि, कांग्रेस पछाडि

शनिबार, ३१ बैशाख २०७९

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पुनः एमालेले अग्रता लिएको छ । नगरको वार्ड नं.१ को ३५० मत गणना हुँदा एमालेबाट प्रमुखका उम्मेद्वार मोहन चापागाइँले १ सय ७३ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट प्रमुखको उम्मेद्वार रहेका कांग्रेसका रामकृष्ण खाँणले १ सय १० मत प्राप्त गरेका छन्। गणनाको सुरुवातमा अगाडि रहेको एमाले यस अगाडि पछाडि परेको थियो । पछिल्लो नतीजा अनुसार एमालेले पुनः अग्रता लिएको छ ।त्यसैगरी दोस्रो चरणको नतीजामा अगाडि आएको गठबन्धन पछाडि परेको छ ।

उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेबाट उपप्रमुख दोहोर्याउने प्रयासमा रहेकी जागेश्वरी चौधरीले १ सय ५४ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रका उम्मेद्वारले ५८ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा समेत एमालेकै अग्रता रहेको छ । एमालेका उम्मेद्वारले १ सय ४३ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेद्वारले १ सय १८ मत प्राप्त गरेका छन् ।