ताजा अपडेट »

सैनामैना प्रमुख र उपप्रमुखमा एमालेकै अग्रता

शनिबार, ३१ बैशाख २०७९

बुटवल । रुपन्देहीको सैनामैनामा एमालेको अग्रता कायम रहेको छ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत एमालेका तर्फबाट नगर प्रमुखको उम्मेद्वार चित्र बहादुर कार्कीले ३ सय ८६ मत प्राप्त गरेका छन् ।

वार्ड नं.को ९०० मत गणना गर्दा कांग्रेसका उम्मेद्वार फणिन्द्र शर्माले ३७६ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा पनि एमालेकै बिना गुरुङले अग्रता लिएकी छन् ।

उनले ४ सय १८ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रका नारायण महतले ३ सय ८८ मत प्राप्त गरेका छन् । सुरुवाती गणनामा कांग्रेस र माओवादीले अग्रता लिएपनि पछिल्ला २ चरणमा एमालेका उम्मेद्वारले अग्रता लिएका छन् ।