ताजा अपडेट »

तिनाउमा मत गणना सुरु, १०० मत गन्दा एमालेलाई अग्रता

शनिबार, ३१ बैशाख २०७९

बुटवल । पाल्पाको तिनाउँ गाउँपालिकामा मतगणना सुरु भएको छ । सुरुवाती १०० मतको गणनामा नेकपा एमालेको अग्रता रहेको छ ।

वडा नम्बर १ बाट गणना सुरु भएको छ । नेकपा एमालेका प्रमुख उम्मेद्वार प्रेम श्रेष्ठले ६३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट राजेश श्रेष्ठले ३६ मत प्राप्त गरेका छन् । तिनाउँका कुल ६ वडामा १० हजार ३९७ मत खसेको छ ।