ताजा अपडेट »

कांग्रेसको अग्रता : दोस्रोमा एमाले, तेस्रोमा माओवादी

शनिबार, ३१ बैशाख २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । बुटवल उपमहानगरपालिका बाहेक ठूला महानगर र उपमहानगरपालिकाको गणना सुरु भएको छैन । तर, गणना भएका स्थानीय तहमा कांग्रेसले ३९ स्थानसहित अग्रता लिएको छ ।

अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्र १७ स्थानमा अगाडि छ ।

एकीकृत समाजवादी, जसपा र अन्यले २(२ स्थानीय तहमा अग्रता लिएका छन् ।