परासी । पश्चिम नवलपरासीमा मतदान अझै नसकिदा मत गणना लम्बिने भएको छ । जिल्लाका सात स्थानीयतह मध्ये रामग्राम बाहेक बाँकी सबै पालिकाका केहि मतदान केन्द्रमा मतदान कार्य जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजे सकिनुपर्ने हो तर सकिएको छैन् । १० ओटा मतदान केन्द्रमा मतदान कार्य जारी रहेकाले ८ देखि नौ बजेसम्म मात्र मतदान सकिने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
सुनवलको वडा नम्बर ८ को अमरज्योति आधारभुत विद्यालयमा मतदान गर्न मतदाता अहिले पनि लाईनमा रहेकाले ८ बज सम्म मतदान सक्ने बताईएको छ। सरावलका तिन ओटा मतदान केन्द्रमा पनि अहिले अन्तिम चरणको मतदान भईरहेको छ । बर्दघाट वडा नम्बर १३ को जयन्ति आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा पनि अहिले मतदान भईरहेको छ । मतदान अधिकृत दिउसोँ विहोस भएर उपचार लागी लगिएको र अहिले फर्किएपछि मतदान सुचारु भएकाले केहि ढिलाई भएको बताईएको छ ।
यस्तै प्रतापपुरको एउटा र सुस्ताको तिन ओटा मतदान केन्द्रमा अहिले पनि मतदान भईरहेको र आठ बजेसम्म सक्ने कोसिस् बताइएपनि नसकिएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मतगणना आजै रातिबाट सुरु हुने छ । मतदान सम्पन्न भएको स्थानको मतपेटिका मुचुल्का उठाई शिलबन्दी गरेर सम्बन्धीत मतदान केन्द्रमा लाने काम भईरहेको छ । सबै पालिकाका पालिका केन्द्रमा मतगणनाको तयारी गरिएको छ र तारजाली लगाएर मतगणना स्थलमा सिसि क्यामेरा समेत जोडिएको छ ।
जिल्लामा आज समग्रमा शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको र कति प्रतिशत मत खस्यो भन्ने मतदान जारी भएकाले एकिन गर्न सकिएको छैन् । जिल्लामा झन्डै ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । आज दिउसो पानि परेको र केहि स्थानमा मतदाता धेरै भएकाले पनि मतदान कार्यमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
पश्चिम नवलपरासीमा २ लाख ३७ हजार १ सय २५ मतदाता छन् । १ सय २१ मतदान स्थलका २ सय ८३ मतदान केन्द्र बाट मतदान भएको हो । जिल्लाका सात पालिकामा प्रमुख उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य सहित ३ सय ८४ जनप्रतिनिधि चुनिने छन् ।
प्रतिक्रिया