ताजा अपडेट »

हुम्लामा झडप हुँदा मतदान अधिकृतसहित तीन जना घाइते

शुक्रबार, ३० बैशाख २०७९

हुुम्ला । जिल्लाको चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य सहित तीन जना घाइते भएका छन्।

सामान्य विवादपछि झडपले उग्र रुप लिएपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाईफायर समेत गरेको छ । झडपमा मतदान केन्द्रमा खटिएका कर्मचारी काला रावत, स्थानीयबासी लिला शाही घाइते हुनु भएका छन् । घाइतको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ ।

घटनापछि केही समयका लागि मतदान कार्य स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।