परासी । पूर्वपश्चिम लोकमार्ग अन्तरगत बर्दघाट–४ को शिवकोलोनी नजिकै खहरे खोलाको पुलमा शंकास्पद कुकर बम फेला परेको छ । स्थानीय बासिन्दाका अनुसार पुल नजिकै मुख्य सडकमा कुकर बंम आंशका गरिएको वस्तु फेला परेपछि त्यहाँ सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।उक्त स्थानलाई गए राती नै प्रहरीको टोलीले घेरेको थियो । पूर्व पश्चिम राजमार्गको अहिले अबरुद्ध भएको स्थानीयले जनाएका छन् ।
पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बर्दघाटमा शंकास्पद कुकुर बम भेटिएको प्रहरीको टोलीले घटना स्थलको सुरक्षा दिएको बताए। नेपाली सेनाको बम डिस्पोजल टोली बोलाए गएराती नै डिस्पोज गरी सडक खुलाइएको उनले जानकारी दिए ।
सत्तारुढ गठबन्धनको तर्फबाट काँगेसको तर्फबाट बर्दघाट –४ का वडाध्यक्ष उम्मेदवार बेदविना तिवारीको घर र गठबन्धनको कार्यालयको ५० मिटर पुर्व घटनास्थल रहेको छ । चुनावको मुखमा शंकास्पद वस्तु राखिएकोले उक्त बस्तु चुनाव बहिस्कार गर्ने समुहले राखेको हुन सक्ने आंशका गरिएको छ ।
प्रतिक्रिया