ताजा अपडेट »

सैनामैनामा रातको समय शंकास्पद गतिविधि गरेपछि उम्मेदवारसहित ३ जना स्थानीयको नियन्त्रणमा

विहीबार, २९ बैशाख २०७९

सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ बालापुरमा शंकास्पद गतिविधि गरेको भन्दै ३ जनालाई स्थानीयले पक्राउ गरेका छन् ।

लु २ च ५२८२ को बोलेरो पिकअपमा सैनामैना वडा नं ३ का गठबन्धनका खुल्ला सदस्य बासुदेब पन्त सहित अन्य २ जनालाई स्थानीयले पक्राउ गरेका हुन ।

सवारीमा राष्ट्रिय झण्डा सहित ३ जना गाउँमा राती डुलेको देखेपछि समातिएको स्थानीय सुरज चापागाईले बताए । उनले प्रहरीलाई घटनाबारे जनाकारी गराएपनि वास्ता नगरेको बताए ।