मंसिर ४,
ग्लोबल आवाज
गुल्मी । गुल्मीको अर्जैमा एम्बुलेन्स दुर्घटनामा २ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको मालिका गाउँपालिकाको वडा नम्बर ६ को अर्जै स्वास्थ्य चौकीबाट छापतर्फ जाँदै गरेको लु १ झ ३३४ एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।
दुर्घटनामा परेर १६ वर्षिय जगत परियार र अर्का १६ वर्षिय केशब अर्याल घाइते भएका हुन् । दुर्घटनामा स्कुलबाट घरतर्फ जाँदै गरेका बिद्यार्थी घाइते भएका हुन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते २ जनाको उपचारको लागि गुल्मी अस्पताल पुर्याइएको छ । घटना पश्चात् एम्बुलेन्स चालक सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया