ताजा अपडेट »

सञ्जिवनी नकआउट फुटवल प्रतियोगिता : १६ टिमको सहभागिता हुने

बुधबार, ०४ मंसिर २०७६


मंसिर ४,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–१४ बाग्धुरा देवीनगरमा आउँदो शुुक्रबारदेखि तेस्रो सञ्जिवनी नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । सञ्जिवनी युवा क्लबले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएका छन् । प्रतियोगितामा रुपन्देहीका उत्कृष्ट १६ टिमको सहभागिता रहने छन् । क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले स्थानीय स्तरमा फुटवल खेलाडी उत्पादन गर्दै खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । क्लबले स्थापना काल (२०७३ साल)देखि नियमित रुपमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।


प्रतियोगिताको पूर्व सांसद इस्तियाक खाँनले उद्घाटन गर्ने कार्यक्रम रहेको खेल संयोजक कमल परियारले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले १ लाख रुपैयाँ नगद, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने, द्धितीयले ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने परियारले बताए । त्यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगितामा गत वर्ष नव सृजना युवा क्लब कजौरियाले उपाधि जितेको थियो । खेल यही २१ गतेसम्म चल्नेछ ।