माघ २०,
काठमाडौं । यूएईविरुद्धको एक दिवसीय सिरिज जितेको नेपालले टि २० सिरिज पनि आफ्नो कोल्टामा पार्न सफल भएको हो ।
नेपालले आज भएको टि २० सिरिजको अन्तिम तथा तेस्रो खेलमा यूएईलाई पराजित गर्दै ईतिहास रच्न सफल भएको हो । नेपालले दुवै सिरिज यूएईएकै घरेलु मैदानमा जितेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो । वर्षाका कारण १० ओभरमा सारिएको खेलमा १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो ।
नेपाल १४ रनले विजयी भएको हो । नेपालका लागि करन केसी, अविनास बोहरा र ललितराज बंशीले समान २-२ विकेट लिए । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
नेपालले टि-२० सिरिज २-१ ले जितेको हो । यो सँगै नेपालले यूएईबाट ३ लाख १० हजार रुपैयाँ नगद पुरस्कार समेत पाएको छ । सिरिजको पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेको थियो । त्यस्तै एक दिवसीय सिरिजमा पनि पहिलो खेल यूएई र दोस्रो तथा तेस्रो खेल नेपालले जितेको थियो ।
प्रतिक्रिया