कपिलवस्तु । बुद्धभूमि नगरपालिकाका पूर्व मेयर तथा नेपाली काँग्रेसबाट बुद्धभूमि नगरपालिकाको मेयरका उम्मेदवार केशव कुमार श्रेष्ठले घरदैलो गर्दै ह्युम पाईप बाँडेको खुलासा भएको छ । नगरपालिका वडा नम्बर ४ गेल्वार ((साबिक बुड्ढी गाविस ) मा निर्वाचन आचार संहितको उल्लंघन गर्दै ह्युम पाइप बाँड्को फेला परेको छ ।
मेयर श्रेष्ठ वडा अध्यक्ष पवन कुमार थार सहित घरदैलो गर्दै जादै गर्दा गेल्वार टोलको एक घरलाई ह्युमपाईप बाँडेका थिए । नगरपालिकामा पटक पटक गोठ सुधार कार्यक्रममा माग गर्दा वडा अध्यक्ष थारुले कार्यकर्तालाई मात्र दिएको गुनासो गरेपछि पूर्व नगरप्रमुख श्रेष्ठले गोजीबाट चिर्कटोमा लिएर इमिलिया ह्युमपाइप उद्योगमा पठाएका थिए ।
नगरपालिकाले गोठ सुधार कार्यक्रमको लागि ५ जिउ गाई भैसीँ हुने प्रावधान राखे पनि २ जिउ भैसीँ भएका कार्यकर्तालाई गोठ सुधार कार्यक्रम दिए पछि मतदाता रिसाएका थिए । तिनै मतदाता फकाउन खेतमा जाने कुलोमा लगाउनको लागि ह्युम पाईप दिएका थिए । नगरपालिकाले रकम तिर्ने गरी ह्युम पाईप खसालिएको थियो ।
खसालिएको ह्युमपाईप हाल सम्म खेतमा रहेको छ । यता ह्युमपाईप उद्योध सञ्चालकले यस विषयमा जानकारी लिन खोज्दा कुनै उत्तर दिन खोजेका थिएनन् । मेयर श्रेष्ठले मददाता फकाउन नल र पाइप समेत दिने गरेको मतदाताले बताए । निर्वाचन आचार संहिताको दुरुपयोग गर्दै मेयर श्रेष्ठले ह्युमपाईप वितरण गर्नु निन्दनिय कार्य भएको बुद्धभूमि नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष भेषराज खनालले बताए ।
प्रतिक्रिया