ताजा अपडेट »

अर्घाखाँचीमा काँग्रेस उम्मेदवारलाई जिताउन पैसा बाँड्दै गर्दा भेटेपछि स्थानीयले मगाए माफी

आइतबार, २५ बैशाख २०७९

बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदाता रिझाउन नेपाली काँग्रेसका एक उम्मेदवारले अर्घाखाँचीमा पैसा बाँडेको भेटिएको छ । जिल्लाको मालारानीमा काँग्रेस नेतृ शान्ता खनालले आफ्ना श्रीमानलाई वडा अध्यअध्यमा जिताउन रकम बाँडेकी हुन् ।

रकम बाँड्दै गरेको अवस्थामा भेटेपछि शनिबार स्थानीयले लिखित माफी मगाए छाडेको पाइएको छ । खनालले आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाड्न थालेको अवस्थामा रंगेहात फेला पारेपछि निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएका हुन्।

मालारानी–३ को खनदहमा खनाल फेन्सिस्टोरका संचालक समेत रहेकी शान्ताले स्थानीय छिमेकी प्रयोग गरि पैसा बाड्न थालेको अवस्थामा भेटीएको स्थानीय सागर खनालले बताए।

स्थानीयका अनुसार शान्ताले स्थानीय विष्णु होटल एण्ड रेष्टुरेन्टका संचालक विष्णु चुँदालीलाई प्रयोग गरि होटलमा खाजा खान जानेहरूलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै पैसा बाडेकी थिईन।

शनिबार विष्णु होटल एण्ड रेष्टुरेन्टमा खाजा खान गएका मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनाललाई खाजा खाने क्रममा होटल संचालक विष्णु चुँदालीले वडा अध्यक्ष पदमा रुख चिन्हमा छाप लाउन आग्रह गर्दै नमुना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएको उनीहरुले बताए।

उनले मत माग्दै ४ हजार रुपैयाँ दिएपछि चौहान र खनालले प्रहरीमा उजुरी दिएका थिए। घटना जानकारी पाएपछि स्थानीयहरु क्आक्रोसित भएका थिए । उत्पन्न स्थीतीलाई तनावपूर्ण हुन नदिन नदिन निर्वाचन अधिकृतको रोवहरमा छलफल गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित माफी मगाईएको अर्घाखांची एक स्थानीयले बताए ।