ताजा अपडेट »

दोलखामा रोकिराखेको बस दुर्घटना, एकको मृत्यु

बुधबार, ०४ मंसिर २०७६

मंसिर ४,

ग्लोबल आवाज

दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा रोकिराखेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी वैत्यश्वर गाउँपालिका– ३ मिर्गेकी ७० वर्षीया कुमारी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मिर्गेबाट काठमाण्डौका लागि छुटेको बा ३ ख २९९७ नम्बरको बसमा २० जना यात्रु रहेका थिए । ठूलीनागीमा पुगेपछि डिजेल सकिएर बस रोकिएको थियो । रोकिएकै बस अचानक पल्टिएको हो । रोकिएको बसबाट यात्रुहरु बाहिर निस्किएका थिए । बसमा ७० वर्षीया वृद्धासहित अन्य दुई जनामात्रै थिए । दुई जना बाहिर निस्किए पनि ७० वर्षीया वृद्धाको बसले च्यापिएर ज्यान गएको प्रहरीले जनाएको हो ।