माघ २०,
काठमाडौं । साताको पहिलो काराबार दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर ११५३.०६ अंकमा झरेको छ ।
बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेको छ । आज बजारमा ब्यापारिकबाहेक बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ ।
बजारमा १६९ कम्पनीका १५ लाख २७ हजार ७०६ कित्ता शेयर ५ हजार ७८५ पटक खरिदबिक्री हुँदा ४१ करोड ५७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया