ताजा अपडेट »

रुरुक्षेत्रमा एमालेकाे निर्वाचन प्रतिबद्धता : सडक कृषि र पर्यटन प्राथमिकता

शुक्रबार, २३ बैशाख २०७९

रिडी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका कमिटीले निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेको छ ।सडक ,खानेपानी तथा सरसफाइ ,शिक्षा ,स्वास्थ ,कृषि तथा पशुपालन ,सिँचाइ ,पर्यटन,युवा तथा खेलकुद ,महिला बालबालिका तथा जेष्ठ नागरिक ,वन तथा वातावरण र विविध विषयलाई बुँदागत रुपमा समेटेर प्रतिबद्धता पत्र एक कार्यक्रमका बिच कमिटीका तर्फबाट गाउँ कमिटीका सचिव तोय नरायण ज्ञवालीले सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेले आफ्नो चुनावि प्रतिबद्धता पत्रमा सडकलाई सबैभन्दा प्राथमिकतामा राखेको छ । छ वटै वडा हरुलाई समेटेर छयालीस वटा सडकलाई स्तरोन्नति गर्दै मोटर बाटो नपुगेको वस्तिमा मोटरबाटो पुर्याउनु का साथै कच्ची मोटरबाटो हरुलाई वर्षै भरि मोटर गुड्न सक्ने गरि स्तरोन्नति गरिने उल्लेख छ ।

बलेटक्सार रानिबास धोविघाट चौतारा बलेटक्सार रिँगरोड ,बलेटक्सार रानिवास टाहाटिम उल्लिखोला ,रातामाटा भण्डारी डाँडा चौतारा ,लोक्मा ग्वादि बेलटारी ,धोविघाट,काहुले रिमुवा रुद्रवेणि , एक्लेपिपल भट्कुवा सालिपोखरी ,चौतारा बम्घाकोट सडक कालोपत्रे गर्ने उल्लेख छ ।
यसै गरि अन्य वडाहरुका सडक स्तारोन्नति गर्ने प्रतिबद्धता गरिएको छ भने लामो समय देखि ट्र्याक खोलिएर पनि राज्यको आँखा नपरेका फलाँटे स्यालपोखरी जस्ता दर्जनौं सडकको स्तरोन्नतिका लागि एमालेले प्रतिबद्धता पत्रमा राखेको छ ।

खानेपानीका र सरसफाइका क्षेत्रमा गाउँ पालिका भित्र घरघरमा धारा पुर्याईने ,लामाखर्क झमादि लिफ्टिँग ,चौतारामा बोरिँग ,जनैढुँगा बुढाआँप खानेपानी ,जनैढुँगा च्युरेक खानेपानी ,जौखोला बिसौना लिफ्टिँग ,सिँदुरे एकघर एकधारा ,कयन गैरा वाहादी लिफ्टिँग ,तिल्केनि लिफ्टिँग लगायतका खानेपानी आयोजना हरुको व्यवस्थापन सँगै लिफ्टिँगको विधुत महशुलमा अनुदानको व्यवस्था ,सबै वडाहरुलाई पुर्ण सरसफाइ वडा ,रिडी रानिबास र बलेटक्सार बजारको फोहर व्यवस्थापनका लागि डम्पिङ साईट निर्माण सँगै आवस्यक ठाउँमा सार्वजनिक सौचालयको निर्माण गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

शिक्षा क्षेत्रमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क ,सर्वशुलभ ,गुणस्तरीय र व्यवस्थित बनाउने ,प्रविधि मैत्रि विध्यालय ,क्याम्पस हरुलाई शैक्षिक अनुदानको व्यवस्थासँगै विश्व विध्यालय सँग सम्बन्धन ,बालविकास सहजकर्ता र कर्मचारी प्रोत्साहन ,माध्यमिक विध्यालयमा स्कुल बस सन्चालन ,विध्यालयमा अशक्त मैत्रि सँरचना निर्माण ,स्थानीय पाठ्यक्रम विकास ,रिडी सँस्कृत तथा साधारण मावि लाई आवासिय गुरुकुलिय सँस्कृत माविको रुपमा विकास गर्दै सँस्कृत शिक्षाको संरक्षण र प्रवर्द्धनमा जोड ,प्रत्येक वडाका मावि हरुमा प्राविधिक शिक्षा ,लगायतका बहुआयामिक शैक्षिक कार्यक्रमको व्यवस्थापन गरिने प्रतिबद्धतामा उल्लेख छ ।

स्वास्थ क्षेत्रमा भौगोलिक हिसाबले आवस्यक ठाउँमा सामुदायिक स्वास्थ ईकाईको स्थापना ,स्वास्थ्य विमामा अनुदान ,जेष्ठ अपाँग र अशक्तका लागि घरदैलोमा स्वास्थ्य परिक्षण ,एम्बुलेन्स व्यवस्थापन ,रिडी र बलेटक्सारमा रहेका आयुर्वेद औषधालय लाई मापदण्ड अनुसारको भवन निर्माण ,उपचारमा समस्या भएकालाई उपचारमा आर्थिक सहयोग ,सुत्केरी अशक्त र विपन्न लाई निशुल्क एम्बुलेन्स सेवा र महिला स्वास्थ स्वयंसेविकालाई प्रोत्साहित गर्ने लगाएतका १४ बुँदे प्रतिबद्धता गरिएको छ ।

कृषि र पशुपालन क्षेत्रमा प्रत्येक वडामा कृषि सहकारी ,बाँझो जग्गा आवादिका लागि नितिगत व्यवस्था ,कृषि यन्त्रमा अनुदान ,एक वडा एक उत्पादनमा जोड ,कृषि तरकारी तथा पशु पँक्षिपालनमा जोड ,कृषि तथा पशु प्राविधिक सेवाको सर्वशुलभता ,सस्तो कृषि ऋणको व्यवस्था ,लगाएतका १४ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैगरि सिँचाइका क्षेत्रमा थोपा सिँचाइ ,आकाशे पानी सँकलन गरि सिँचाइ गर्ने प्रविधिको लाई प्रोत्साहन ,लगायतका पाँच बुँदे प्रतिबद्धता गरिएको छ ।नेकपा एमाले को चुनावी प्रतिबद्धतामा पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।

मुख्यतया रुरुधाम ,अचम्मेश्वर ,बम्घाकोट श्रृगेश्वरलाई धार्मिक सर्किटको रुपमा विकास ,होमस्टे रिसोर्ट बम्पिजम्प प्याराग्लाईडिँग रक क्लाईमिँग र बोटिँगको सम्भावित अध्ययन गरि क्रमश सन्चालन ,सम्पदा र सँस्कृति सँरक्षण ,बजारहरुमा सबैघर हरुको एकैप्रकारको रँगरोगन ,सँभावित क्षेत्रमा पिकनिक स्पोट ,रुरुधाम र श्रृँगेश्वर धामको गुरुयोजना अन्तरगत निर्माण धिन परियोजना लाई तिव्र गतिमा सम्पन्न गर्न जोड ,लगाएतका १४ बुँदे प्रतिबद्धता गरिएको छ ।

यसैगरि युवा तथा खेलकुद क्षेत्रमा आवस्यकता अनुसार प्रत्येक वडामा कभर्डहल र खेलमैदान निर्माण ,प्रत्येक वर्ष पालिका स्तरिय खेलकुदको आयोजना ,क्रिकेट भलिबल फुटबल लगाएतका खेलको प्रशिक्षणको व्यवस्था ,रिडी घ्युवेँसी खेलमैदानको स्तारोन्नति खेलाडि सम्मान ,युवा स्वरोजगारको निम्ति मागको आधारमा सीप मुलक तालिम ,लगाएतका नौ बुँदे प्रतिबद्धता गरिएको छ ।

यसैगरी महिला बालबालिका र जेष्ठ नागरिकका क्षेत्रमा महिला शसक्तिकरण कार्यक्रम सन्चालन ,महिला हिँसा निरुत्साहित र हरेक क्षेत्रमा महिला सहभागिताको सुनिश्चितता ,रिडी बलेटक्सारमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण सँगै अन्य वडाहरुमा पनि आवस्यक्ता अनुसार जेष्ठ नागरिक मिलन केन्द्र को स्थापना ,जेष्ठ नागरिक सम्मान कार्यक्रम ,बालक्लव गठन सँगै बालबालिकाको हकहित संरक्षण ,टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता, अपाँगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण ,घ र ग वर्गका अपाँगता भएका व्यक्तिलाई शिपमुलक तालिमको व्यवस्था लगाएतका प्रतिबद्धता गरिएको छ ।

यसैगरि वन तथा वातावरण तर्फ वृक्षारोपण ,बजार क्षेत्रमा कौशि पर्यावरणिय सन्तुलनका लागि गमला फुलमा प्रोत्साहन , प्लास्टिक प्रयोग न्युनिकरण ,र मुख्य रुपमा सडक निर्माणका क्रममा पहिरो गएका र पहिरोको सम्भावना भएका क्षेत्रमा बायो ईन्जिनियरिँगको माध्यमबाट भुसंरक्षणको व्यवस्था गरिने प्रतिबद्धता व्यक्तगरिएको छ ।

यसैगरी प्रशासनिक काम छिटो छरितो सम्पादन ,आर्थिक पारदर्शिता ,विधुतमा काठका पोल विस्थापन ,एविसि केबल र सडक बत्तिको व्यवस्था ,जनता आवास कार्यक्रम ,धार्मिक तथा पर्यटकीय स्थलहरुमा फ्रि वाईफाईको व्यवस्था ,लगाएतका प्रतिबद्धता व्यक्त भएका छन । रुरुक्षेत्र गाउँ पालिकामा स्थानीय तहको निर्वाचनमा यो पटक एमालेको तर्फबाट युवा उम्मेदवार हिमाल श्रेष्ठ र उपप्रमुखमा मिना गौतम उम्मेदवार छन् ।