गुल्मी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रुरुक्षेत्र गाउँपालिकाका गाउँ घरमा खासै रौनकता देखिँदैन । राजनीतिक दलका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । तर, अधिकाँश घरका दैलामा साँचो झुण्डिएका छन् भने खुल्ला रहेका घर हरुमा बुढा बा आमा मात्र भेटिन्छन्।
‘आमा गाउँमा हुनुहुन्छ ,कसलाई भोट दिने भनेर फोन गर्नुहुन्छ ,आमा फलानालाई दिनुस् भनेपछि बल्ल आमाले ढुक्क भएर भोट हाल्नुहुन्छ ।’ भट्कुवाबाट बुटवल झरेका डोलराज पौडेलको भनाई छ ।
घरमा भेटिएका बुढा बा आमाले पनि कसलाई भोट दिने भनेर निर्णय गर्न सकेका छैनन ,सबैको एउटै भनाई छ खै छोराछोरीले के भन्छन ? हुनपनि रुरुक्षेत्र गाउँपालिकाको आधा भन्दा धेरै मतदाता कि त बुटवलमा छन् कि त काठमाडौं । रुरुक्षेत्र गाउँपालिकाका लागि ती मतदाता नै निर्णायक बन्छन् ।
‘हामीले गाउँ भन्दा बाहिर रहेका मतदातालाई कुरीरहेको छौँ आधा भन्दा बढी मतदाता गाउँ छाडेर शहर तिर छन् ।’ रुरुक्षेत्र गाउँ पालिका वडा न १ का नेकपा एमाले वडा सदस्यका उम्मेदवार समेत रहेका भट्कुवाका शुसिल श्रेष्टले भने ।
पछिल्ला निर्वाचनहरुमा गाउँमा रहेक बुढा बा आमाले भनेर भोटको कुनै अर्थ राखेको छैन,जब छोराछोरी गाउँ फर्किन्छन् तब मात्र कसको पक्षमा भोट जाने बा–आमाले निर्णय गर्ने गरेका छन् ।
हरेक पटक जस्तै यसपटक पनि शहरतिर बस्ने मतदाताहरुले गाउँ फर्कने मनस्थिति बनाई सकेका छन । विगतमा पनि यसरी गाउँ फर्केकाहरुले उम्मेदवारहरुलाई जिताएर गए ।
त्यसो त गाउ तिर उठ्ने उम्मेदवार हरुले गाउँ तिर भन्दा बुटवल काठमाडौ तिरका मतदाताको आशा गरेका छन ,र उतैका मतदातालाई सम्पर्क गर्दै भोट मागिरहेका छन ।
रुरुक्षेत्र गाउँपालिकामा १६ हजार ६ सय ५२ मतदाता रहेका छन ,यी मतदातामा आधा भन्दा बढी मतदाता गाउँ पालिका बाहिर रहेको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया