ताजा अपडेट »

दाङमा विप्लव कार्यकर्ता पक्राउ

मंगलबार, ०३ मंसिर २०७६

मंसिर ०३,

ग्लोबल आवाज

बुटवल । दाङको तुलसीपुरबाट विप्लवका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ ।

विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष हुन् । दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।