ताजा अपडेट »

प्रमुख बनेर रुरुक्षेत्रको समृद्धिमा लाग्ने अभियानमा समाजसेवी श्रेष्ठ

शनिबार, १७ बैशाख २०७९

गुल्मी । वैशाख ३० गते हुने स्थानीय निर्वाचकको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । विभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ । गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिविधिहरु बढ्न थालेका छन् । सबै गाउँ नगरपालिका वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्ड सहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हिमाल श्रेष्ठले यतिबेला मतदाताको घरदैलो आफना चुनावी प्रतिवद्धताहरु लिएर घरदैलोमा व्यस्त बनेका छन् । घरदैलोको क्रमम उनले एक घर एक महिला रोजगारी सहित आफना बिभिन्न प्रतिबद्धताहरु अगाडि ल्याएका छन् ।

अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले समृद्ध रुरुक्षेत्र खुसी रुरुक्षेत्र वासी, युवा रोजगारी र विदेश पलाएन रोक्ने योजना ल्याएका छन् । उनले गुणस्तरिय शिक्षा र दक्ष मनव श्रोत उत्पादन, निःशुल्क सर्वशुलभ स्वास्थ्य सेवा रुरुश्रक्षेत्रमा पुर्याउने संकल्प गरेका छन् ।

महिला अधिकार तथा शसक्तिकरण एक घर एक स्वाच्छ पिउने पानीको धारा, कृषिमा आधुनिकिकरण र व्यवसायीकरण गर्ने लक्ष्या लिएको बताएका छन् । पर्यटकीयक्षेत्र प्रचुर प्रसारप्रसार तथा प्रबंधन, टोल–टोलमा खेलकूद र यसको प्रशिक्षण गर्ने योजना ल्याएक छन् । शैक्षिक रोजगारि सृजन ागर्ने, टोलटोल जोडने मोटरबाटो स्तरोन्नती गर्ने, शुसाशन र भ्रष्टाचारमुक्त समाजको निर्माण गर्ने संकल्प अगाडि सारेका छन् । रुरुक्षेत्र गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने आफ्नो योजना अगाडि सारेका हुन् ।

आफूले आफ्नो जीवनको उजावान सामाजिक काममा समर्पित गरेको र यहि समाज बनाउने दृढ संकल्प र आफूसँग पालिकालाई समृद्ध बनाउने प्रसस्त योजनाका खाका रहेको बताए । उनी युवा अवस्थाबाटै राजनितिमा सक्रिय रहेर गुल्मी जिल्ला र रुरुक्षेत्रको समाजिक काम गर्दै आएका छन् ।

श्रेष्ठ अहिले रुरुक्षेत्र गाउँपालिका भित्र घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले आफनो जीवनमा उर्जाशिल समय रुरुक्षेत्रकै नागरिकको भलोका निम्ति खर्चिदै आएका छन् ।

श्रेष्ठले बाटो घाटो शिक्षा स्वास्थ्य लगाएत युवा उद्दमशिलतालाई जोड दिएर युवालाई स्वरोजगार बनाउने संकल्प रहेको उल्लेख गरे । कृषकका समस्या नजिकबाट नियालेर कृषि औजार मल बिउबिजन र कृषिमा बिशेष अनुदान अनि कृषकले उत्पादन गरेका कृषिउपजलाई उचित बजार ब्यबस्थापन गरिने बताए ।

श्रेष्ठले जेष्ठ नागरिका लागि सुलभ उपचार र सम्मान, दलित, महिला युवाका लागि लक्षित बर्गको क्षमता विकास र ब्यक्तित्व बिकास लगाएत कार्यक्रमहरु ल्याउने बताए । आफ्ना योजनालाई कार्यवन्यनमा ल्याउन र गाउँपालिकालाई अग्रगामी विकासमा जोड्नका लागि सुर्य चिन्हमा मतदान गर्न सबैमा आग्रह गरे ।