भैरहवा । सिद्धार्थनगर नगरपालिकाको लागी नेकपा माओवादी केन्द्रबाट प्रमुखको पदमा उम्मेदवारी दिएका मनिष कुमार जोशीले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै नेपाली कांग्रेसबाट उप–प्रमुखको उम्मेदवार पल्लवी न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस संगै भैरहवामा प्रमुख र उप–प्रमुखमा गठबन्धन एक भएर लड्ने पक्का भएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका ईश्तियाक अहमद खाँन प्रमुखमा र माओवादी केन्द्रबाट कमला थापा उप–प्रमुखमा संयुक्त रुपमा लड्ने भएका छन् । वडामा भने दुवै पार्टी मैत्रीपूर्ण तरिकाले प्रतिष्प्रर्धामा जाने भएका हुन । उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन उप–प्रमुख पदका अर्का उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गादेवी शर्माले पनि उम्मेदवारी फिर्ता लिएकी छिन ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वडा नम्बर ४ का सदस्य बद्री थारु, नेकपा माओवादी केन्द्र तर्फबाट वडा नम्बर ७ बाट सदस्य पदका उम्मेदवार मुना देवकोटा र नेकपा माओवादी केन्द्रकै वडा नम्बर १० की महिला वडा सदस्यका उम्मेदवार बसीरुन निशाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया