ताजा अपडेट »

प्रधानमन्त्री देउवा र खाँणकाे दबाबलाई टेरेनन् पौडेलले, फिर्ता गरेनन् भरतपुर मेयरकाे उम्मेदवारी

शुक्रबार, १६ बैशाख २०७९

पोखरा । कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिएनन् । 

उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए ।

पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका हुन् । उनलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आएका थिए । तर, पौडेललाई मनाउन नसकेपछि दुबै मन्त्री आजै काठमाडौ फर्किएका छन् ।