ताजा अपडेट »

काँग्रेसबाट सैनामैना मेयरका उमेदवार शर्माले अपाङ्गता भएका समुदायलाई अपमान गरेकाे आराेप

शुक्रबार, १६ बैशाख २०७९

बुटवल । नेपाली काँग्रेसका पुर्व जिल्ला उप सभापती समेत रहेका सैनामैना नगरपालिकाको मेयर पदका उमेद्बार फणिन्द्र शर्माले दिएको अभिव्याक्तीप्रति अपाङ्गता भएका समुदायले खेद प्रकट गरेका छन् । सैनामैनामा आयोजना गरिएको एक कार्यक्रममा विपक्षीलाई गाली गर्न प्रयोग गरिएको शब्दमा अपाङ्गता भएका व्याक्तिहरुको मानर्मदन भएको भन्दै यसको विरोध गरिएको छ ।

रुपन्देही नेत्रहिन युवा संघ नेपालका अध्यक्ष टिकराम पौडेलले संविधानतः वर्जित शब्द मेयरको उम्मेदवार जस्तो व्याक्तिबाट प्रयोग भएको भन्दै त्यसलाई फिर्ता लिन आग्रह गरे । मेयरका उम्मेदवार शर्माले एक कार्यक्रममा भाषण गर्नेबेला भनएका थिए–‘आजको यो अन्धो सरकार केपी ओली सरकारका छाउराहरु थिए..’ उनले उक्त भाषणमा पटक–पटक अपाङ्गता भएका व्याक्तिहलाई अमानजनक शब्दको रुपमा प्रयोग गर्ने शब्द प्रयोग गरेका थिए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रदेश सदस्य सावित्रा घिमिरेले अपाङ्गता भएका व्याक्तिलाई अपमानजनक रुपमा प्रयोग गरिएका भाषणका शब्दहरु फिर्ता लिनुर्ने बताउँछन् । यो एउटा उदाहरण मात्रै भएको भन्दै उनले सरकार विरुद्ध गाली गर्दा अपाङ्गता भएका व्याक्तीहरुलाई प्रयोग गर्ने शब्द प्रयोग गरिएको भन्दै त्यस्ता शब्द कुनै पनि दलबाट गर्न नहुने उनको तर्क छ । यता, मेयरका उम्मेदवार शर्माले आफूले संबोधन गर्ने क्रममा प्रयोग गरिएका शब्दमा अपाङ्गता भएका व्याक्तिहरुलाई प्रयोग गर्ने शब्द प्रयोग भएकोमा आफूले ‘करेक्सन गर्ने’ बताएका छन् ।