बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पाल्पाको तिनाउ गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले नेकपा एमालेलाई समर्थन गर्ने भएका छन् । गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका भुवन जिसीसहितका स्वतन्त्र उम्मेदवारहरुले एमालेलाई समर्थन गर्ने भएका हुन् ।
नेकपा एमालेको तर्फबाट गाउँपालिका प्रमुख पदका लागि उम्मेदवार बनेका प्रेम श्रेष्ठलाई समर्थन गनेगरी वठा तहमा समेत उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवाहरुले उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गर्ने भएका हुन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तीको उपस्थितीमा दुई पक्ष बीच भएको भद्र सहमती अनुसार एमालेले तिनाउमा जित हासिल गरेको अवस्थामा समर्थनमा आएका स्वतन्त्र उम्मेदवारहरुलाई कार्यपालिका सदस्यमा मनोनयन गर्ने बताइएको छ । उक्त सहमतिपछि छोटो प्रतिक्रिया जनाउँदै एमालेको तर्फबाट गाउँपालिका प्रमुख पदका उम्मेदवार प्रेम श्रेष्ठले तिनाउमा एमालेको निश्चित निश्चित भएको दाबी गरे ।
प्रतिक्रिया