ताजा अपडेट »

जसपा सिद्धार्थनगरद्वारा युवा परिचालन समिति गठन

शुक्रबार, १६ बैशाख २०७९

बुटवल । जनता समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकामा युवा परिचान समिति गठन गरेको छ । पार्टीले असन्न बैशाख ३० गते हुने निर्वाचनको लागि दिनेश यादवको नेतृत्वमा ३५१ सदस्य युवा परिचालन समिति गठन गरेको हो ।

स्थानीय निर्वाचनको लागि प्रचारप्रसार सामाग्री वितरण स्वयंसेवक आदि कार्य गर्ने उद्वेश्यले समिति गठन गरिएको जसपाका युवा नेता एवम समाजवादी युवा संघका केन्द्रीय उपाध्यक्ष असलम खानले बताए। सो युवा भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष खानले जसपा नै युवाहरूको निमित्त रोजगार सृजना गर्न सक्ने बिरोजगारी अन्त्य गर्ने वैदेशिक रोजगारको लागि खाडी मुलकमा जानू पर्ने समस्या अन्त्य गर्दै स्वदेशमा नै रोजगारी सृजना गर्न सक्ने योजना र युवा मैत्रि पार्टी भएको बताए ।

सो युवा भेलामा नगर इन्चार्ज मोहम्मद अलि, मेयर पदका उम्मेद्वार माथेका प्रसाद यादव, उप–प्रमुख आसमा खातुन र युवा नेता भुवन पौडेल लगायतको सहभागिता रहेको थियो ।