ताजा अपडेट »

तिलोत्तमामा गठबन्धन दलको चुनावी प्रतिवद्धता, विभिन्न ११ शिर्षकमा सुधारका योजना

शुक्रबार, १६ बैशाख २०७९

बुटवल । नेपाली काँग्रेससहितको गठबन्धन दलले रुपन्देहीको तिलोत्तमामा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । तिलोत्तमा-५ मणिगाामा अवस्थित मणिग्राममा शुक्रबार एक कार्यक्रमको आयोजना गरि पतिवद्धता सार्वजनिक गरिएको हो ।

सो अवसरमा बोल्दै तिलोत्तमाका मेयर उम्मेद्वार तथा काँग्रेस रुपनदेहीका सभापति रामकृष्ण खाँणले भ्रष्टाचार मुक्त तिलोत्तमा नगर सरकार गठन गर्ने प्रतिवद्धता व्यक्त गरे । 'सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर'-भन्ने मुख्य नारासहित गठबन्धन दल तिलोत्तमामा चेनावी अभियानमा छ ।

विगतमा नेकपा एमाले नेतृत्वको तिलोत्तमा सरकारले व्यापक भ्रष्टाचार र अनियमितता गर्ने गरेको आरोप लगाउँदै उनले ती कराहरुमा सुधार गर्ने उल्लेख गरे । तिलोमामा आयोजित लगानी सम्मेलन, कृषि अनुदान कार्यक्रम तथा सडक बिस्तारका क्रममा अनियमितता भएको आरोप लगाउँदै यम्मेदवार खाँणले आफूले जितेपछि सुधार ल्याउने दाबी गरे ।

यसैगरी गठबन्धनको तर्फबाट तिलोत्तमा उपमेयरका उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले आफूहरुको जित सुनिश्चित भएक दाबी गर्दै जनताले देख्नेगरी काम गर्ने प्रतिवद्धता गरे । विभिन्न ११ वटा शिर्षकसहितको घोषणापत्रमा तिलोत्तमा नगरपालिकाको भवनलाई नगर अस्पतालको रुपमा रुपान्तरण गर्ने, एक घर, एक व्यवसाय योजना लागू गर्ने, नगर स्तरीय वार्षिक खेदकूद प्रतियोगिता सञ्चालन गर्ने, जीर्ण तथा रुग्ण उद्योगले तिर्न बाँकी रहेको बक्यौतामा ५० प्रतिशतसम्म छुट गर्ने लगायतका बुँदाहरु उल्लेख गरिएका छन् ।