ताजा अपडेट »

रेसुङ्गा –७ का एमाले उम्मेद्वार थापाको चुनावी अभियान

विहीबार, १५ बैशाख २०७९

गुल्मी । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निम्ति निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी वढदै गएको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ । गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिबिधिहरु वढ्न थालेका छन् । गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकामा झनै चुनावी गतिबिधी बढेका छन् ।

सबै वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् । नगरदेखि गाउँ तहसम्मका सबै पार्टीले उम्मेदवारहरु छनोट गरीसकेका छन् । रेसुङ्गा नगरका १४ वडामध्ये वडानम्बर–७ मा (नेकपा) एमालेको तर्फबाट उम्मेदवार रामबहादुर थापालाई उम्मेदवार बनाएको छ । कर्मचारीबाट अवकाश भई सामाजिक सेवामा तल्लीन थिए । कर्मचारी संगठनमा आबद्ध भई थापा ३८ वर्षदेखि निरन्तर समाजसेवा क्रियाशिल छन् ।

उनी विगत ७ वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा समाजसेवा गरिरहेका छन् । कर्मचारी क्षेत्रमा रहेर बिभिन्न ठाउँमा आफुले गरेका कामको अनुभवलाई आफनै वडामा निर्वाचित भएका काम गर्ने अठोट लिएर वडाअध्यक्ष पदमा उम्मेदवार बनेको थापाले बताए । उनले अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउन, घरघरमा सडक संजाल पुराएर कालोपत्रे गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेका छन् । उनले कृषी, सडक बिस्तार, प्राविधिक शिक्षालाई प्राथमिकताका साथ लिएका छन् । वडामा सेवाहरुलाई सहज र सरल बनाउने तथा बृद्धबृद्धाहरुका लागि उपयुक्त कार्यक्रम संचालन गर्ने चुनावी एजेण्डाहरु रहेको बताएका छन् ।

बिशेषगरी कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण र व्यावसायिकरणमा जोड दिएका छन् । जेष्ठ नागरिक गृह, खेलकुद मैदान, सवै टोलहरुमा सडक संजाल, उज्यालो घर, सरकारी विद्यालयको स्तरउन्नती गर्ने, मध्यमस्तरको प्राविधिक शिक्षालय स्थापना गर्ने, वडामा स्वास्थ्य केन्द्र मार्फत एम्बुलेन्स सेवा पुराउने किसानलाई किसान भत्ताको व्यवस्थाको लागि आफनो नेतृत्वमा स्थपित गर्ने थापाले बताए ।

वडाअध्यक्ष उम्मेदवार थापालाई जिताउन अहिले युवा देखि बृद्धबृद्धाहरु सबै उत्साहपुर्वक अभियानमा जुटेका छन् । वालकदेखि बृद्धासम्म सबैलाई मिलाएर सबैको समृद्धिका निम्ती केहि गर्नु पर्छ भन्ने सोचका साथ चुनावी अभियानमा होमिएका छन् । शिक्षा, स्वास्थ्य, स्वच्छ पिउने पानी आधारभुत आबश्यकता हुन यि त सामान्य हुन हाम्ले यो भन्दा माथी उठेर धेरै सोडिम योजनाहरु वडामा ल्याउने उम्मेदवार थापाले बताए ।

समृद्ध रेसुङ्गा नगरको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार भन्ने संकल्पलाई पुरा गर्नको निम्ति आफनो उम्मेदवारी रहेको थापाले बताए । मेरो रेसुंगा, मेरो एप्स, डिजिटल रेसुङ्गा, सीप र मूल्य सहितको गुणस्तरीय शिक्षण जस्ता एजेण्डालाई आफनो नेतृत्वमा वडामा स्थापित गर्ने वडाअध्यक्ष उम्मेदवार थापाले बताए । सबैका लागि पहुँच र गुणस्तरीय स्वास्थ्य सेवा, फोहोरवाट मोहोर निः शुल्क र गुणस्तरीय खानेपानी आफना प्रमुख संकल्पहरु रहेको बताए ।

सफा, सुन्दर र व्यवस्थित शहर, सडक, यातायात तथा सुरक्षित आवास जस्ता क्षेत्रहरुमा आफना निर्वाचनका प्रतिबद्धताहरु रहेको थापाको भनाई छ । पर्यटकीय अर्जुन क्षेत्रका लागि पूर्वाधार, उनाएचौर खेल मैदान, समृद्धिका लागि उद्यमशीलता र रोजगार, विपन्नलाई इन्डक्सन चुल्हो, ज्येष्ठ नागरिकलाई दिवा केन्द्र जस्ता क्षेत्रमा आफनो नेतृत्वबाट काम गर्ने संकल्प लिएको उम्मेदवार थापाले बताए ।