बुटवल । बुटवल उपमहानगरका लागि नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले पाण्डेले आफुले चुनाव जितेमा पुरानो बुटवलको ऐतिहासिक महत्व कायम राख्ने बताएका छन्। बिहीबार बुटवलमा भएको घरदैलोका क्रममा संचारकर्मीसँग कुरागर्दै उनले यसअघि बुटवलको नेतृत्व सम्हालेकाहरुले बुटवल र बटौलीको एतिहासिक महत्व जोगाउन नसकेकाले आफु त्यतातर्फ केन्द्रीत रहने बताए।
उनले भने–‘मैले चुनाव जितेमा पुरानो बुटवलको ऐतिहासिक महत्व कायम राख्ने प्रतिबद्धता व्यक्त गदर्छ, चुनावको बेलामा भाषण गरेर होईन जितेपछि काम गरेर देखाउने विश्वास बुटवलबासीलाई दिन चाहन्छु ।’
एमालेकै कारण राजधानी बुटवलबाट गएको बताउँदै कांग्रेस बुटवलको नगर सभापति समेत रहेका पाण्डेले अव बुटवललाई आर्थिक राजधानीकारुपमा विकास गर्न आवश्यक रहेको धारणा राखे ।
उनले बुटवल उपमहानगरका वर्तमान मेयर शिवराज सुबेदीले एकलौटी उपमहानगर चलाउन खोज्दा नगरबासीमा निरासा छाएको टिप्पणी समेत गरे । । सबैलाई मिलाएर र सबैसँगको सहकार्यमा बुटवल नगरको विकास हुनसक्ने उल्लेख गर्दै उनले बुटवलको विकासका लागि विचार फरक भएतापनि योजना एक हुनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया