ताजा अपडेट »

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने !

मंगलबार, १३ बैशाख २०७९

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

आइएमएफका अनुसार एसियाका विकाससिल मुलुकमा औसत ५ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ । नेपालको आर्थिक बृद्धिदरलाई लिएर यसअघि विश्व बैंकले ३ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो ।

नेपालले चालु आर्थिक वर्षको बजेट मार्फत ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।