ताजा अपडेट »

सिद्धार्थनगरबाट निर्वाचित कांग्रेसका वडाध्यक्ष, सभापति र सचिवले गरे पार्टी परित्याग

मंगलबार, १३ बैशाख २०७९

भैरहवा । नेपाली कांग्रेस सिद्धार्थनगर ७ का निर्वाचित वडा अध्यक्ष भिमसेन कर्मचार्य, वडा सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्मचार्यले कुनै पदमा नरहने गरी पार्टी परित्याग गरेका छन । मंगलबार नगर सभापति कोशिश बहादुर खडकालाई राजीनामा दिँदै पार्टीको कुनै पदमा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरिएको वडा सभापति पौडेलले भने ।

वर्षौ देखि अनवरत रुपमा पार्टीमा योग्दान गरेपनि आसन्न निर्वाचनलाई लिएर पार्टीमा कुनै पनि मुल्यांकन नरहेको, पार्टीको सिद्धान्तमा नभई व्यत्तिवादी हाबी भएकोले र कुनै सल्लाह सुझाव नलिई एकलौटी निर्णय मनपरी पार्टी चलाएको भन्दै साधारण सदस्य समेत नरहने गरी परित्यागको घोषणा गरेका हो ।