ताजा अपडेट »

लुम्बिनीका चलाख प्रदेशसभा सचिव, मेयरमा टिकट पक्का भएपछि माओवादी साँसदको राजीनामा सार्वजनिक

मंगलबार, १३ बैशाख २०७९

बुटवल । लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले माओवादी सांसदको राजीनामा पत्र गुपचुप राखेर राजनीतिक स्वार्थ पूरा गरेको भेटिएको छ । सचिव पुनले राजीनामा पत्रलाई ४ दिनसम्म गुपचुप राखी २ दिनअघि मात्रै स्वीकृत गरेको जानकारीसहित मँगलबार सार्वजनिक भएको छ ।

बर्दिया क्षेत्र नम्बर २ 'ख' बाट निर्वाचित दिपेश थारुको राजापुर नगरपालिकामा मेयरको मनोनयन दर्ता भएपछि मात्रै राजीनामा स्वीकृतको सूचना सार्वजनिक भएको हो । निर्वाचन आचारसंहिता अनुसार सार्वजनिक पदमा बहाल रहेसम्म उम्मेदवारी दिन नपाउने भएपछि वैशाख ९ गते नै थारुले राजीनामा दिएका थिए । प्रदेशसभा सचिवालयले राजीनामालाई सांसद थारुको टिकट पक्का भएपछि सोमबार मनोनयन दर्ता गराएका थारुको बारेमा निर्णय सार्वजनिक गरेकाे छ ।

थारुले टिकट नपाएको खण्डमा राजीनामा पत्र गुपचुपमै राख्ने र टिकट पक्का भएपछि मात्रै सूचना बाहिर ल्याउने नियतले काम भएको स्रोतको दाबी छ ।  विहिबार सार्वजनिक सूचनामा समेत वैशाख ९ गते राजीनामा पत्र प्राप्त भएको, ११ गते निर्णय भएको स्पष्टसँग बुझ्न सकिन्छ । उक्त सुचनालाई प्रदेशसभा सचिवालयको आधिकारिक फेसबुक पेजमा मँगलबार दिउँसो मात्रै सार्वजनिक गरिएको छ  ।

राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट दिपेश थारु प्रमुख र उपप्रमुखमा मनकला चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी एमालेबाट पहारी थारु प्रमुख र उप प्रमुख सविता बख्रेल, नेपाली कांग्रेसबाट दिपकजंग शाह प्रमुख र उप प्रमुखमा यसोदा चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रामगोपाल चौधरी र उपप्रमुखमा संगिता चौधरी रहेका छन् ।  स्वतन्त्रबाट मोहन चौधरी, टंकप्रसाद जैसी छन् ।