ताजा अपडेट »

मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन

मंगलबार, १३ बैशाख २०७९

भैरहवा । रुपन्देहीमा मध्मयरात सम्म मनाेनयन दर्ता चलेकाे  छ । आगामी वैशाख ३० गते ताेकिएकाे चुनावका लागि मनाेनयन दर्ता साेमबार साँझ ५ बजेसम्म रहे पनि   सिस्टम नचलेकाेले कर्मचारी राती १२ बजे सम्म कार्यालयबाट काम गरिरहेका थिए । 

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कमप्युटर अपरेटर विनाेद भट्टराईका अनुसार प्राविधिक कारणले सर्भरमा केही समस्या आएकाेले र एक‌ै पटक धेरै मनाेनयन दर्ता भएको हाे । रुपन्देहीमा राति  ११ बजेसम्ममा ८८ प्रमुख(मेयर) , ११७ अध्यक्ष, ७१ उपप्रमुख (उपमेयर), ९५ उपाध्यक्ष , १०५७ वडाध्यक्ष ८२६ र ३३०४ जना वडासदस्य गरि जम्मा ४ हजार ७ सय ३२ जनाले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन् ।