ताजा अपडेट »

दोस्रो दिन उत्साहजनक मनोनयन, कांग्रेसको मर्चवारमा पहिरो

सोमबार, १२ बैशाख २०७९
2 Shares


भैरहवा । मनोनयनको दोश्रो दिन मूख्य निर्वाचनको अधिकृतको कार्यालयमा उत्साहजनक माहौलमा दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

सिद्धार्थनगर नगर पालिकाको लागी आज राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा सागर प्रताप राणा र उप–प्रमुखमा विनिता गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपाली कांग्रेसबाट ईश्तियाक अहमद खाँन र उप–प्रमुखमा पल्लवी न्यौपानेले, नेकपा एमालेबाट प्रमुखमा डाक्टर राम प्रसाद बस्याल र उप–प्रमुखमा उमा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

जनता समाजवादी पार्टीबाट प्रमुखमा मात्रिका प्रसाद यादव र उप–प्रमुखमा आश्मा खातुन, नेकपा माओवादीबाट प्रमुखमा मनिष कुमार जोशी र उप–प्रमुखमा कमला थापा, लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रमुखमा मोहम्मद वसिर मुसलमान र उप–प्रमुखमा डोमा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एकिकृतले प्रमुखमा कुलेन्द्र पुनको उम्मेदवारी दिए पनि उप–प्रमुख पदमा कुनै पनि उम्मेदवारी दिएको छैन ।

रोहिणी गाउँपालिकामा नेकपा एमालेबाट निर्वतमान गाउँपालिका अध्यक्ष सनोज कुमार यादव र बसन्ती पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै नेपाली कांग्रेसबाट बैजनाथ सहानीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जनता समाजवादी पार्टीबाट अध्यक्षमा बिद्या प्रसाद यादव र उपाध्यक्षमा रिना मिश्राले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ताहिर अली र उपाध्यक्षमा शिवकान्ती चमार, जनमत पार्टीबाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः बिष्णु कुर्मि र रिना हरिजनले उम्मेदवारी दिएका छन् ।

ओमसतिया गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः मन्जित कुमार यादव र निर्मला कुमारी निषाद, जनता समाजवादी पार्टीबाट चन्द्रभुवन चौधरी र शकुन्तली यादव (नैनी), नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादीका विजय यादव उपाध्यक्षमा कांग्रेसका सुनिता चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै जनमत पार्टीका शिवचरण केवट र मिना थारुले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तिलक सिंह कोइराला र चित्ररेखा थारुले उम्मेदवारी दिएका छन् । लोसपाबाट सन्दिप यादव र प्रियंका त्रिपाठी द्विवेदीले उम्मेदवारी दिएका छन् ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा अन्तिम समयमा आएर नेपाली कांग्रेसले टिकट वितरणमा बेइमानी गरेको भन्दै कांग्रेसका दिग्गज नेताहरु पार्टी छोडेर अन्य पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । मर्चवारी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि समेत रहेको गया बरईले ह्ृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यता नेपाली कांग्रेसबाट ज्ञान प्रकाश मिश्रले उम्मेदवारी दिए । यस्तै नेकपा एमालेबाट कमलेश यादव र बिन्द्रवाती गौडले र जनता समाजवादी पार्टीबाट उमाशंकर यादव र सुमन यादवले उम्मेदवारी दिएका छन भने राप्रपाबाट सन्तोष श्रीवास्तव र कुशवती कुर्मिले उम्मेदवारी दिएका छन । जनमत पार्टीबाट अध्यक्षमा मुरलीधर कुर्मी र उपाध्यक्षमा पुजा यादवले मनोनयन दर्ता गरेका छन् । लोसपाबाट केशवनन्द बनिया र सुनिता कलवारले उम्मेदवारी दर्ता गरेका छन् ।

कोटहीमाई गाउँपालिकामा नेपाली कांग्रेसबाट बलिराम यादव र गुजराती यादवले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट नै अध्यक्ष पदका आकांक्षी अशोक कलवारले टिकट नपाए पछि कांग्रेसबाट राजीनामा दिदै नेपाल जनता पार्टीमा प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेबाट श्याम सुन्दर यादव र माया सहानी, जनता समाजवादी पार्टीबाट चन्द्रभुषण यादव र सीमा चाई सहानीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राप्रपाबाट मीरा यादव र भानमति बनियाले र जनमत पार्टीबाट सन्तोष यादव र सबिना खातुनले क्रमशः अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट बालकृष्ण त्रिपाठी र शुसिला कुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांगे्रसबाट बिनोद कुमार श्रीवास्तव र उपाध्यक्षमा प्रियंका शाहीले नेकपा एमालेबाट मुस्लिम खान र पिंकला लोधले उम्मेदवारी दर्ता गराए । राप्रपाबाट अध्यक्षमा मोहम्मद सलिम देवान र उपाध्यक्षमा कमलावती अहिरले उम्मेदवारी दर्ता गराए । यस्तै जनमत पार्टीबाट रामरतन केवट र मिना देवी लोधले उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट अहमद्दिन मुसलमान र सन्ध्यादेवी मल्लाहले उम्मेदवारी दिए भने लोकतान्त्रिक समाजवादी पार्टीबाट निरन्जन पाठक र बिन्द्रावती गुप्ताले दर्ता गराए ।

मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका निर्वतमान अध्यक्ष ध्रुव नारायण त्रिपाठी र उपाध्यक्ष तारादेवी यादव सोही पदमा फेरी दोहोरिएका छन् । जनता समाजवादी पार्टीबाट हरिश्चन्द्र सैथवार र शाहजहा खातुनले लोसपाबाट राम आधार यादव र नर्वदा उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट लाला लोध र सन्नु चाईले तथा राप्रपाबाट ओम प्रकाश लोध र रीमा पाण्डेले उम्मेदवारी दिए । यस्तै जनमत पार्टीबाट राम बिष्णु प्रसाद लोध र गुञ्जा बरईले उम्मेदवारी दिएका छन् ।

गैडहवा गाउँपालिकामा नेपाली कांग्रेसका वसिउल्लाह मुसलमानले उम्मेदवारी दर्ता गराएका छन । जनता समाजवादी पार्टीबाट निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका बच्छुलाल केवटले अध्यक्षमा र रेनु चौधरीले उम्मेदवारी दर्ता गरेका छन । जनमत पार्टीबाट रामदेव यादव र नर्वदा लोधले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेबाट सुरेन्द्र पौडेल र मन्जु रिजाल तथा राप्रपाबाट दिपेन्द्र तिवारी र सबरुन निशाले उम्मेदवारी दर्ता गराए । यस्तै लोसपाबाट जितेन्द्र पासी र निलम मिश्रा तिवारीले उम्मेदवारी दिएका छन ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उप–प्रमुख दुवै पदमा महिलाले उम्मेदवारी दिएका छन् । रमावती यादव प्रमुखमा र कल्पना हरिजनले उप प्रमुखमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट सजरुद्दिन खान र पुष्पा उपाध्याय, जसपाबाट अब्दु मोबिन खाँन र शबनम जहा शेखले उम्मेदवारी दर्ता गराए । यस्तै लोसपाबाट मनमोहन चौधरी र शर्मिला यादवले तथा राप्रपाबाट हरिहर प्रसाद जयसवाल र राजेश्वरी बरईले उम्मेदवारी दिए । जनमत पार्टीबाट चन्द्रकेश गुप्ता र सिन्धिया लोधले उम्मेदवारी दर्ता गराए । यस्तै स्वतन्त्र रुपमा अमिरुद्दिन मुसलमानले प्रमुख र अर्जुन कुर्मिले उपप्रमुख उम्मेदवारी दर्ता गराएका छन् ।

सियारी गाउँपालिकामा नेपाली कांग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा चौधरीले उम्मेदवारी दिए । यसै गरि नेकपा एमालेमा अयोध्या थारु र अमृता गुरुङ्गले र जनमत पार्टीबाट निबर प्रसाद माली र उर्मिला ढाडीले उम्मेदवारी दिए । जसपाबाट रामदेव यादव र निर्मला बनिया, राप्रपाबाट प्रेमनारायण चौधरी र माया रोका मगरले उम्मेदवारी दिएका छन ।