ताजा अपडेट »

सैनामैनाका काँग्रेस क्षेत्रीय सह-सचिव राजबहादुर क्षेत्रीले दिए राजीनामा

सोमबार, १२ बैशाख २०७९

बुटवल । रुपन्देहीको सैनाका समाजसेवी तथा काँग्रेस क्षेत्रिय सह-सचिव राजबहादुर क्षेत्रीले पार्टीबाट राजीनामा दिएका छन् । राजीनामासँगै उनले सैनामैना २ को अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सैनामैना क्षेत्रमा प्रतिस्थित समाजसेवीका रुपमा नाम कमाएका उनी काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का  सह-सचिव थिए । उम्मेदवारी चयनमा पार्टीले अन्याय गरेको भन्दै उनले सोमबार पद तथा पार्टी सदस्यबाट राजिनामा दिएका हुन् ।

आफू वडा अध्यक्षको आकांक्षी हुँदाहुँदै पनि पार्टीले व्यवास्ता गरेको भन्दै लामो समय काँग्रेसमा रहेर राजनीति गरेको भएपनि अब उक्त पार्टीमा सामान्य साधारण सदस्य समेत नरहने घोषणा गरे । उनी सैनामैनाका विभिन्न संं संस्घथामा रहेेर काम गर्दै आएका छन् ।