ताजा अपडेट »

शून्यबाट शुरु र सिस्टममा रुरुक्षेत्र गाउँपालिकालाई ल्याएः गौतम

आइतबार, ११ बैशाख २०७९

गुल्मी । वैशाखमासमा तातेको मौसम सँगै स्थानीय तहको निर्वाचनले राजनीति झनै तातेको छ । उम्मेदवार हरु आफ्न एजेन्डा लिएर गाउँ गाउँ पस्ने क्रम शुरु भईरहँदा स्थानीय तहमा विगतका जन प्रतिनिधि हरुले पनि आफुले आफ्नो कार्यकालमा गरेका काम हरुको फेहरिस्त पनि जनता सामु प्रस्तुत गर्दैछन ।सँघियताको कार्यान्वयनको एउटा कडिको रुपमा लिईएको सँघिय प्रदेस र स्थानीय तहको पहिलो निर्वाचन पछिका दिनहरुमा जनप्रतिनिधि हरुले गरेका कामको लेखाजोखा गर्दै भावि जनप्रतिनिधि कस्लाई बनाउने र कस्तो बनाउने मौका पनि जनतालाई छ ।

२०७४ सालमा रुरुक्षेत्र गाउँपालिकाका बत्तिस सिटमा नेकपा एमालेले अध्यक्ष उपाध्यक्षसहित सत्ताईसमा विजय गरेपछि रुरुक्षेत्रमा विकास आयोजना लगाएत विभित्र क्षेत्रमा घोषणा पत्रमा उल्लेख भए भन्दा दुईगुणा वढि काम भएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमले दावि गरे । कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको गाउँपालिका ले एक गाउँ एक उत्पादनको कार्यक्रम अन्तरगत रुरुक्षेत्र गाउँपालिका वडाहरुमा कृषि कार्यक्रम सन्चालन भएका छन ।

मुख्य रुपले रुरुक्षेत्र गाउँपालिका वडा न १ को च्यूरेकलाई लिचि ब्लक सन्चालनमा ल्याईएको छ भने वडा न २ मा पशुपालनका लागि कार्यक्रम सन्चालित छ यसैगरि वडा न ३ र ४ मा उँखु खेति सँगै खुदो र गुँडलाई प्राथमिकता राखि व्यवसायीकरण गरिएको छ भने वडा न ४ लाई उँखु सुन्तला कागति र धान उत्पादनलाई प्राथमिकता दिईएको छ यसैगरि वडा न ५ लाई आलु र कागति खेति र वडा न ६ लाई हिँउदे र वर्षे ,मौसमी र बेमौसमी तरकारी उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिएको छ ।

पशुपालनका क्षेत्रमा गोठ खोर सुधारका कार्यक्रम सँगै गाउँगाउँमा करिब आठसय बाख्रा बितरण गरिएको र पछिल्लो पटक हेफर प्रोजेक्टको सहकार्यमा किसानलाई आत्म निर्भर बनाउने गरि काम भईरहेको छ । यसैगरि रुरुक्षेत्र गाउँ पालिका ३ को स्यालपोखरी र रिमुवामा कृषि उपज सँकलन केन्द बनिसकेको बताएको छ । रुरुक्षेत्र गाउँपालिका भित्रको खानेपानीको समस्या समाधानमा स्थानीय तहको निर्वाचन पछि उल्लेख्य काम भएको गाउँ पालिका प्रमुख निलकण्ठ गौतमले बताए ।

स्थानीय तहको निर्वाचन हुँदा गाउँपालिका भित्र ३ सय २१ मात्र धारा रहेकोमा यो अवधिमा ४ हजार २ सय ७६ घरका परिवारलाई शुद्द पानी पुर्याईएको छ एकघर एकधारा अन्तरगत प्रदेश सरकार सँगको समन्वयमा ३ हजार ५ सय ६७ घरमा एकघर एक धाराको व्यवस्थापन गरिएको छ । यो पाँच वर्षको अवधिमा ५०किलोमिटर सडक स्तरोन्नति गरिएको चार किलो मिटर सडक कालोपत्रे भएको र गाउँपालिका भित्र १ सय ४१ किलोमिटर सडक बनाउने काम भईरहेको प्रमुख गौतमले जानकारी दिए।

हरेक वडाहरुमा प्राथमिक स्वास्थ केन्द्र सँगै स्वास्थ ईकाई बनेका र केही ठाउँमा नया स्वास्थ ईकाईको स्थापनाको तयारी भईरहेको गौतमले बताए । सवै वडा कार्यालय हरुलाई सुविधा सम्पन्न भवन सहित निर्माण कार्य भएको र यहि कार्यकालमा घ्युवेँसिलाई पालिका केन्द्र बनाउँदै सुविधा सम्पन्न भवन पनि निर्माण भईरहेको, पर्यटन क्षेत्रलाई महत्त्व दिँदै रुरुधाममा बृहत परियोजना निर्माण को काम सँगै श्रृङ्गेश्वर तपोभुमीको सौन्दर्यिकरण, बम्घाकोट, रानिले काटेको ढुँगो र रुरुधामका मठ मन्दिर गलफुल क्षेत्र, जाम्बवान गुफा लगाएत रुरुक्षेत्र गाउँपालिका भित्रका मठ मन्दिर र पर्यटकीय स्थलको सँरक्षण र सम्बर्द्धनमा जोड दिईएको प्रमुख गौतमको भनाई छ ।

विध्यालयहरुको शैक्षिक सुधारमा विशेष महत्व दिँदै अँग्रेजी माध्यममा पठन पाठन, विध्यालयहरुको भौतिक विकास सँगै खानेपानीको व्यवस्थापन, सौचालय निर्माण, रानिवासमा कृषि कलेज रिमुवामा इन्जिनियरिङ विषयको अध्यापन सँगै व्यवस्थापन तालिम शिक्षक हरुलाई कम्प्युटर तालिम सन्चालन गरिएको गौतमले बताए । रिडी खेल मैदानको स्तरोन्नति, रानिवासमा नमुना खेल मैदान मात्रै होईन ग्वादि कोलौदि जोड्ने झोलुँगे पुल निर्माण कार्य समेत सम्पन्न गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत घरघरना पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाईएको छ भने बृद्धअबश्थाका बा आमालाई लाईट रेडियो छाता बितरण गरिएको, जनता अवास कार्यक्रम अन्तरगत विपन्नका घर निर्माण र खरको छानो मुक्त गाउँपालिका बनाईएको छ ।
हामीले सून्यबाट काम शुरु गरेका हौँ जनप्रतिनिधि विहिनताको अवस्थामा पहिलो काम त स्थानीय तहलाई ट्र्याक मा हिँडाउनु एउटा चुनौति थियो, यो अवधिमा पुर्वाधार निर्माण ,कर्मचारीको व्यवस्थापन सँगै चालिस भन्दा कार्यविधि हरु बनाएर हामिले लागू गरेका छौँ प्रमुख गौतमले बताए ।

हामीले शुरुवात गरेका केही कामहरू अधुरा छन तर हामीले पालिकालाई सिस्टममा ढालेका छौँ अब आऊनेलाई काम गर्न सजिलो छ गौतमले भने । निश्चय पनि रुरुक्षेक्षको विकासमा भ्रष्टाचारमा शुन्य सहनशीलताको ईतिहास कायम गर्न सफल अध्यक्ष निलकण्ठ गौतमले समृद्ध रुरुक्षेत्रको खाका कोर्नु भएको छ र बाँकि काम भावि पुस्तालाई हस्तान्तरण गर्दै हुनुहुन्छ भन्नेमा दुईमत छैन ।