मंसिर २,
ग्लोबल आवाज
गुल्मी । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले काम नगर्ने व्यवसायीलाई जनस्तरबाटै कारवाही सुरु भएको बताएका छन् । सोमबार गुल्मी जिल्लामै फरक क्षमताका बिद्यार्थीहरुले पढ्दै आएको सदरमुकाम तम्घासको उपल्लो तम्घास माध्यमिक बिद्यालयको ४ कोठे भबनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा काम नगर्ने शक्तिको आडमा धम्क्याउने र ठग्ने प्रबृतिको अन्त्य भएको बताएका छन् ।
पहिले सानालाई ऐन ठुलालाई चयन हुने गरेको सन्र्दभमा हाल आएर जतिसुकै ठुलो मान्छेहरु भएपनि शक्तिको आडमा र पदका हैसियतले जसले गल्ती गरेपनि उसलाई क्षमादान गर्न नसकिने मन्त्री ज्ञवालीको भनाई छ । बिधिको शासनमा कोही अपराधीहरु उम्किन नपाउने दाबी गरे । बर्तमान स्थिर सरकारको प्रभावले ठग्ने खाने गरेका प्वालहरु पुरै बन्द हुदै जान थालेको बताए । सरकारको पहिलो वर्षजग बसाउने काम भएकोले अब बिकास निर्माणका कामहरुले गति लिन थालेको मन्त्री ज्ञवालीको भनाई छ । अहिले नेपालमा भष्ट्रचारीहरुले भष्ट्रचार गर्न नपाएका कारण छटपटाइ रहेको दाबी गरे ।

जिल्ला भरका ११ वटा स्थानीय तहका ३२ जना बैरा र बौद्धिक क्षमता भएका बिद्यार्थीहरुले पढ्दै आएका छन् । नेपाल सरकार पुनः निर्माण प्राधिकरणको आर्थिक सहयोगमा ६९ लाख ७८ हजार ११२ को लागतमा ४ कोठे भवन बनेको थियो । भवनको ०७५ सालमा १ वर्ष भित्र सम्पन्न गर्ने गरि निर्माण थालिएको थियो । ०३१ सालमा स्थापना भएको उक्त बिद्यालयमा सरकारको सहयोग बिना नै, अपांगहरुलाइ र कृषि वालि बिज्ञान प्राबिधिक शिक्षा पढाइदै आएको बिद्यालयका प्रधानाध्यापक राममणी पन्थीले बताए ।
०५९ सालबाट फरक क्षमता भएका बिद्यार्थीहरुले पढदै आएको बिद्यालयमा हाल पनि ८ वटा कक्षा कोठाहरु अभाव रहेको पन्थीको भनाई छ । बिद्यालयमा २० बैरा १२ बौद्धिक अपांगता भएका भएका बिद्यार्थीहरुको लागि आवासमै राखेर पढाइदै आएको छ । राज्यको सहयोग बिना अपाङ्गहरुलाई पढाउदै आएको बिद्यालयलाई अपाङ्ग मैत्री भवनको अभाव रहेको बिद्यालयका प्रधानाध्यापक पन्थीले बताए ।
प्रतिक्रिया