ताजा अपडेट »

कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालद्वारा राजीनामा

शुक्रबार, ०९ बैशाख २०७९
1 Shares

बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले राजीनामा दिएका छन् । पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ ।