मंसिर २,
काठमाडौँ । फेसबुकका सस्थापक मार्क जुकरबर्गको सम्पत्ति एक वर्षमा झण्डै १४ खर्बले बढेको छ । ब्लुमबर्गले गरेको पछिल्लो सर्वेक्षण अनुसार जुकरबर्गसँग हाल ७४.५ बिलियन अमेरिकी डलर अर्थात् ८५ खर्ब ३८ अर्ब छ । गत वर्ष फोर्ब्सले निकालेको सूचीमा उनीसँग ६२.३ बिलियन अमेरिकी डलर सम्पत्ति थियो ।
संसारका सबैभन्दा धनी व्यक्तिको सूचीमा जुकरवर्ग पाँचौं स्थानमा उक्लन सफल भएका छन् । सन् २०१८ मा उनी आठौं स्थानमा थिए । गत वर्ष उनीसँग ६२.३ बिलियन अमेरिकी डलर थियो । यो वर्ष उनको सम्पत्ति १३ खर्ब ९८ खर्बले बढेको छ । यता माइक्रोसफ्ट कम्पनीका संस्थापक विल गेट्सले जेफ बेजोसलाई पछि पार्दै संसारकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । गेट्स दुई वर्षपछि पुनः संसारकै धनी व्यक्ति बन्न सफल भएका हुन् । ब्लुमवर्ग पत्रिकाले गरेको सर्वेक्षण अनुसार गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ। योसँगै उनी सन् २०१७ पछि फेरि संसारकै सबै भन्दा धनी व्यक्ति बन्न पुगेका छन् । सन् २०१७ मा अमेजनका मालिक बेजोसले गेट्सलाई उछिन्दै सबैभन्दा धनी बनेका थिए। तर सन् २०१९ मा भने बेजोसलाई गेट्सले पछाडि पारेका छन् । ब्लुमबर्गले बेजोससँग हाल १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको जनाएको छ।- एजेन्सी
प्रतिक्रिया