ताजा अपडेट »

लुम्बिनीको बाँकेमा जसपाद्वारा गबन्धन अस्विकार

शुक्रबार, ०९ बैशाख २०७९

बुटवल । लुम्बिनी प्रदेशको बाँकेमा अवस्थित नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पद नपाएपछि जनता समाजवादी (जसपा) ले गठबन्धन् अस्वीकार गर्ने भएको छ । भागवण्डामा नेपालगञ्ज कांग्रेसलाई परेपछि त्यहाँको मुख्य दाबेदार जसपाले नस्वीकार्ने जनाएको छ ।

गठबन्धनको अन्तिम बैठकसम्म नेपालगन्ज पाउनुपर्ने दाबी गरिरहेको जसपाका केन्द्रीय नेताले उपमेयरमा सीमित राखेर मेयरमा कांग्रेसलाई सहमति जनाएपछि स्थानीय नेताहरु आक्रोशित बनेका छन् । बाँके जिल्ला कमिटीले निर्णय हुनुअगावै गठबन्धनसँग जान नसकिने निर्णयलाई निरन्तरता दिने जनाएको छ ।

जसपाका केन्द्रीय नेता मोहम्मद इस्तियाक राईले जनभावनाविपरीत केन्द्रमा बसेर गरिने निर्णय कार्यान्यवनमा समस्या आउने बताए । राईले स्थानीय पार्टीको तयारी विपरीत आएको गठबन्धनको सहमतिलाई यहाँको पार्टी कमिटीले पहिले नै असहमति जनाइसकेको बताए ।