मंसिर २,
काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको आज उद्धाटन गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट ‘वार रुम’ बाट स्वीच दबाएर उक्त जलविद्युत् आयोजनाको उद्घाटन गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले भने निर्मित आयोजनास्थल किस्पाङ गाउँपालिका—५ सिम्लेबाट उदघाटन गरेका थिए ।
३०३० मेगावाटमा पहिलो र दोस्रो युनिट यसअघि नै व्यवसायिक विद्युत् उत्पादन परिक्षण गरिसकेकोे थियो । यो सँगै आयोजनाले व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गरेको छ । आयोजनाले दैनिक रुपमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्ने प्राधिकरणले जनाएको छ । कुल १४ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको भएता पनि अहिलेसम्म आइपुग्दा १७ अर्ब रुपैयाँ लागत पुगेको बताइएको छ । आयोजनामा नेपाल विद्युत प्राधिकरण र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा लगानी रहेको छ ।
प्रतिक्रिया