ताजा अपडेट »

क्यालिफोर्नियामा अर्काे ‘नरसंहार’, तीनको मृत्यु

सोमबार, ०२ मंसिर २०७६

मंसिर २,

काठमाडौँ । क्यालिफोर्नियाको एउटा घरमा अन्धानधुन्ध गोली चल्दा नौ जना मानिस घाइते भएका छन्। कम्तीमा ३ जनाको मृत्यु भएको हुनसक्ने स्थानीय प्रहरीले जनाएको छ।

क्यालिफोर्नियाको फ्रेस्नो सहरस्थित एउटा घरमा अन्धाधुन्ध गोली चलेको थियो। यो घरमा आइतबार साँझ पारिवारिक जमघट थियो। परिवारका सदस्य जम्मा भएर फूटबल खेल हेरिरहेका थिए। प्रहरीका अनुसार स्थानीय समय साँझ ६ बजे त्यहाँ गोली चलेको थियो। यो कोलनीमा कम्तीमा ५३०० ब्लकहरु छन्। २०१७पछिको क्यालिफोर्नियामा भएको यो अर्काे ठूलो ‘मास सुटिङ’ हो। मृत्युको संख्या अझैं बढ्नसक्ने अनुमान गरिएको छ। प्रहरीले भने घटनाको विस्तृत विवरण आइनसकेको जनाएको । - एजेन्सी