ताजा अपडेट »

मालिका-काठमाडौँ सम्पर्क समितिको आयोजनामा चुनावी अन्तरक्रिया

विहीबार, ०८ बैशाख २०७९
1 Shares

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका–काठमाडौ सम्पर्क समिति बाम लोकतान्त्रीक गठबन्धनको आयोजनामा चुनाव विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ३० गते हुन गइरहेको स्थानीय चुनावलाई मध्यनजर गरि चुनावी छलफल तथा भेटघाट कार्यक्रम काठमाडौको बागबजारमा भएको हो ।

सो कार्यक्रममा गुल्मी काठमाडौ सम्पर्क समितिका अध्यक्ष ज्ञान बहादुर कार्कि, नेकपा माओबादी केन्द्रका मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल अमृत र नेपाली काँग्रेस मालिका गाउपालिकाका सभापति उपेन्द्र अर्याल, मालिका गाउँपालिका वडा नम्बर ५ गठवन्धनबाट अध्यक्ष पदका उम्मेद्वार काँग्रेस नेता रेखा कुमार जिसी, माओबादी केन्द्र गुल्मी काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सन्दिप भट्टराई, बुद्धिजिवी दुर्गा प्रसाद अर्याल लगायतले गठबन्धनलाई जिताउने गरी अघि बढ्न आग्रह गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल माओवनदी केन्द्रका गुल्मी–काठमाडौ सम्पर्क समिति क्षेत्रिय उपाध्यक्ष कमल राज पुरीले गरेका थिए ।