ताजा अपडेट »

आज बुटवल राप्रपाको आमसभा : अध्यक्ष लिङदेनदेखि रेखा थापाको सम्बोधन

विहीबार, ०८ बैशाख २०७९

बुटवल । राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बुटजलमा आज आम सभा हुँदै छ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनदेखि नायिका रेखा थापा लगायतले सम्बोधन गर्ने लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताए ।

पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बुटवलमा पहिलो सभा हुन लागेको हो । राप्रपामा अधिकांस युवा नेतृत्वमा आउँदा आकर्षण बढेको दाबी गर्दै अबको राप्रपा नै राष्ट्रिय पार्टीको रुपमा रहेको उनले दाबी गरे । प्रदेशमा निर्वाचनको विषयमा राप्रपा केन्द्रबाट निर्णय हुने तर्क गर्दै स्थानीय निर्वाचनमा एकल उम्मेदवारी दिने बताए ।