ताजा अपडेट »

एमाले गुल्मीकाे प्रचार अभियान तिव्र : प्रेस चौतारीको पालिका तहमा मिडिया डेस्क

विहीबार, ०८ बैशाख २०७९

गुल्मी । स्थानीय तहकाे निर्वाचनकाे व्यवस्थापन र परिचालनका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेले रुरुक्षेत्र गाउँ पालिकाकाे रिडी बजारमा पार्टीकाे चुनाव केन्द्रित सम्पर्क कार्यालय स्थापना गरेकाे छ ।

पार्टी कार्यलयकाे बुधबार नेकपा एमालेका गुल्मी जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य दिनेश पन्थीले उदघाटन गरे  । कार्यालय उद्घाटन कार्यक्रममा एमाले  केन्द्रिय सदस्य तथा गुल्मीका सहईन्चार्ज जँग नेपाली, प्रदेश कमिटी सदस्य खड्ग केशी,  प्रदेश कमिटी सदस्य खिमानन्द भण्डारी तथा एमाले जिल्ला कमिटी सदस्य बालशिँह काउछाकाे उपस्थिति रहेकाे थियाे । निर्वाचन केन्द्रित पार्टी कार्यालय उद्घाटन कार्यक्रममा रुरुक्षेत्र १ रिडी बजारका पार्टीका कार्यकर्ताको उपस्थिति रहेकाे थियाे ।

नेकपा एमाले रुरुक्षेत्र १ वडा कमिटीका अध्यक्ष नवराज विककाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टी सचिव चिरन्जिवि ज्ञवालीले कार्यक्रम सन्चालन गरेका थिए । यसै बीच प्रेस चौतारी नेपाल ले सबै स्थानीय तहलाई लक्षित गरि मिडिया डेस्ककाे स्थापना गर्ने भएकाे छ ।मुख्यत निर्वाचनमा एमालेलाई सुचना प्रविधि र समाचार बाट सघाउन रुरुक्षेत्रकाे बलेटक्सार र रिडी बजारमा मिडिया डेस्क स्थापना गरिने प्रेस चौतारी गुल्मीका उपाध्यक्ष नारायण प्रभात मरासिनीले जानकारी दिए ।

प्रेस चौतारी गुल्मीले जिल्लाका दुई नगरपालिका सहित सबै स्थानीय तहमा मिडिया डेस्ककाे तयारीसँगै जिल्लाका आफ्ना सदस्यहरुलाई परिचालन गर्ने छ ।