ताजा अपडेट »

आर्थिक अनुसन्धान केन्द्र दोस्रो वर्षमा, लेखकलाई सम्मान गर्ने

बुधबार, ०७ बैशाख २०७९

बुटवल । आर्थिक अनुसन्धान केन्द्र नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । केन्द्रले बुधबार साँझ बुटवलको कालिका चोकमा दीप प्रज्वलन गरेर पहिलो वार्षिकोत्सव मनाएको हो । केन्द्रले स्थापना दिवसको अवसरमा नेपाल लगाएत विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको केन्द्रका अध्यक्ष हुमराज भुसालले बताए ।

लुम्बिनी प्रदेश कार्यक्षेत्र रहने गरि स्थापना भएको गैरसरकारी , नाफारहित सामाजिक संस्थाको रुपमा स्थापित भएको संस्थाले सफलताका साथ पहिलो वर्ष पार गर्दै दोस्रो वर्ष प्रवेश गरेको अवसरमा शान्तिसँगै समुन्नत विश्वका लागि दीप प्रज्वलन गरेको अध्यक्ष भुसालले बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमराज भुसालको अध्यक्षता,ट्रान्सपरेन्सी इन्टरनेश्नल बुटवलका महासचिव दिपक ढकालको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा ढकालले समुन्नत विश्व निर्माणका लागि सबै नागरिकहरु आर्थिक र सामाजिक रुपले सचेत हुँदै मानव समुदाय लगाएत सबैको हितमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका अध्यक्ष पत्रकार लक्ष्मण पौडेल,शैक्षिक व्यक्तित्व प्रध्यापक मोहन भट्टराई लगाएतले संस्थाको प्रगतिको कामना गर्दै अनुसन्धानमूलक र समृद्धिका आयामहरुमा जोड दिन आग्रह गरे ।

दीप प्रज्वलन कार्यक्रमका संयोजक भोजराज पंगेनीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष प्रशान्त रावलले स्वागत मन्तव्य राखेका थिए । केन्द्रले आगामी वर्षदेखि नियमितरूपमा अर्थ क्षेत्रमा सक्रिय अनुसन्धानमूलक लेख प्रकाशन गर्ने लेखकलाई सम्मान गर्ने जनाएको छ ।