ताजा अपडेट »

बुटवलमा दोस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता

बुधबार, ०७ बैशाख २०७९

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुटवल व्याडमिन्टन क्लबको आयोजनामा आज बुधबारदेखि दोस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।

बैशाखको १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बुटवलका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले पछिल्लो तीन वर्षमा खेलकुदको क्षत्रमा पूर्वाधार निर्माणमा धेरै प्रगति भएको बताए ।

त्यस्तै लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले सबै उमेर समुहका मानिसलाई सहज हुने र यस खेलप्रतिको रुचि पनि बढेकाले व्याडमिन्टल खेलको विकासले महत्वपूर्ण स्थान लिएको बताए । उनले यसको विकासमा के गर्न सकिन्छ, परिषद्ले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

१० गतेसम्म संचालन हुने प्रतियोगितामा पाँच विद्यामा खेलहरु खेलाईने छ । मेन्स सिगलमा २५ टीम, मेन्स डबल्समा २६, भेट्रान्स ४५ वर्ष माथि २२, सुपर भेट्रान्स ५५ वर्षमाथि ९ र महिला तफको सिगलमा १० टीम गरी ९२ टीमको सहभागिता रहेको कार्यक्रम संयोजक शम्भु भट्रराईले जानकारी दिए ।

प्रतियोगितामा विश्व बरीयताका प्रिन्स दाहाल राष्ट्रिय प्रतियोगिताका एक नम्बर रैङकिगं दिपेश धामी लगायतका उत्ष्कृष्ट खेलाडी हरुको प्रतिस्प्रर्धा रहने छ । पांच विधामा गरि काठमाडौं बाहिर ठलो धन राशीको प्रतियोगिता पहिलो भएको आयोजकले दाबि गरेका छन ।

प्रतियोगितामा मेन्स सिङ्गल र मेन्स डबल्स तर्फ प्रथम पुरस्कार ५० हजार रुपैंया, दोस्रो ३० र तेस्रोलाई २० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स ४५ वर्ष माथिउमेर समुह र महिला सिङ्गलमा प्रथमलाई ३० हजार रुपैया, दोस्रो २० र तेस्रोलाई १० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि ५५ वर्षमाथि उमेर समुहको प्रथमलाई २० हजार रुपैंया, दोस्रो १५ हजार र तेस्रोलाई १० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
क्लबले हालसम्म २ पटक अन्तर विद्यालय, ४ पटक क्षेत्रीय स्तर, २ पदक प्रदेश स्तरमा र १ पटक राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकिएको क्लबका अध्यक्ष गोपाल टण्डनले जानकारी गराए । क्लबका अध्यक्ष टण्डनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा क्लबका पूर्व अध्यक्ष ईन्द्रलाल श्रेष्ठ, सचिव भरत रानाले भनाए राखेका थिए ।